दफा
अनुमतिपत्र लिनु पर्ने
(१) कसैले खानेपानी तथा सरसफाइ सेवा प्रदान गर्न, आयोजना वा सेवा प्रणालीको सर्भेक्षण, निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न र खानेपानीको स्रोतको सार्वजनिक, संस्थागत तथा व्यावसायिक उपयोग गर्न वा गराउन चाहेमा यस. ऐन बमोजिम अनुमतिपत्र लिनु पर्नेछ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको काम गर्न अनुमतिपत्र लिनु पर्ने छैन:-

(क) प्रविधि, लगानी र उपभोक्ताको सङ्ख्याको

आधारमा तोकिए बमोजिमको साना आयोजनाको सर्भेक्षण, निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न तोकिए बमोजिमका संस्थाले खानेपानी तथा सरसफाइ सेवा प्रदान गर्न,

(ख) कसैलाई प्रतिकूल असर नपर्ने गरी आफ्नो घर- परिसरको फोहोरपानी भूमिगत अवशोषण (एव्जर्भ) गर्न वा कुनै विधिबाट आफ्नो जग्गा जमिनमा विसर्जन गर्न,

(ग) यो ऐन प्रारम्भ हुनुअघि प्रचलित कानून बमोजिम दर्ता भई खानेपानी संरक्षण, संवर्द्धनको कार्य र खानेपानी तथा सरसफाइ सेवा सञ्चालन गरिरहेका नाफारहित सामुदायिक संस्था वा उपभोक्ता समूहहरूले त्यस्तो कार्य तथा सेवा सञ्चालन गर्न,

(घ) आफ्नो निजी जग्गामा रहेको पानीको स्रोतको घरेलु उपयोगका लागि खानेपानी प्रयोग गर्न ।

(३) उपदफा /(२) मा जुनसुकै कुरा लेखिएको भए

तापनि यो ऐन प्रारम्भ हुनु अघि प्रचलित कानून बमोजिम दर्ता भई खानेपानी संरक्षण, संवर्द्धन र खानेपानी तथा सरसफाइ सेवा सञ्चालन गरिरहेका नाफारहित सामुदायिक संस्था वा उपभोक्ता समूहहरू यो ऐन प्रारम्भ भएको एक वर्षभित्र सम्बन्धित स्थानीय तहमा सूचीकृत हुनु पर्नेछ ।